श्रावण १०, २०८३ आइतबार July 26, 2026

‘ए मेरो एजुर ४’ दशैंमा रिलिज नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यो बर्षको दशैंमा नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज गर्ने तयारीमा यसका निर्माता सुनिल कुमार थापा थिए । चलचित्रको ३० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, चलचित्रको छायांकन चलिरहेको समयमा लक डाउन भएपछि सबै काम रोकियो ।

यो बर्षको दशैंमा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’ रिलिज नहुने पक्का भएपछि अनमोल र सुहानालाई चिठ्ठा परेको चर्चा पनि भयो ।
तर, अब यसका निर्माता दशैंमा चलचित्र रिलिज हुने कुरामा आशावादी छैनन् । निर्माता सुनिल कुमार थापाले लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमती दिएपछि काम सुरु गर्ने तयारीमा छन् ।

तर, दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने देखिएको छ । हल खोलिहाले पनि चलचित्र हेर्ने दर्शकको चाप उल्लेख्य मात्रामा नहुने पक्का छ । यसैले, पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउँछन् ।

झरना थापा निर्देशित यो चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । अनमोल केसीका कुनै पनि चलचित्र अहिलेसम्म दशैंको बिदामा रिलिज भएका छैनन् । यो पटक पनि उनले दशैंमा दर्शकमाझ पुग्ने अवसर गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार