कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘ए मेरो एजुर ४’ दशैंमा रिलिज नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । यो बर्षको दशैंमा नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज गर्ने तयारीमा यसका निर्माता सुनिल कुमार थापा थिए । चलचित्रको ३० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, चलचित्रको छायांकन चलिरहेको समयमा लक डाउन भएपछि सबै काम रोकियो ।

यो बर्षको दशैंमा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’ रिलिज नहुने पक्का भएपछि अनमोल र सुहानालाई चिठ्ठा परेको चर्चा पनि भयो ।
तर, अब यसका निर्माता दशैंमा चलचित्र रिलिज हुने कुरामा आशावादी छैनन् । निर्माता सुनिल कुमार थापाले लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमती दिएपछि काम सुरु गर्ने तयारीमा छन् ।

तर, दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने देखिएको छ । हल खोलिहाले पनि चलचित्र हेर्ने दर्शकको चाप उल्लेख्य मात्रामा नहुने पक्का छ । यसैले, पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउँछन् ।

झरना थापा निर्देशित यो चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । अनमोल केसीका कुनै पनि चलचित्र अहिलेसम्म दशैंको बिदामा रिलिज भएका छैनन् । यो पटक पनि उनले दशैंमा दर्शकमाझ पुग्ने अवसर गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार