श्रावण ३१, २०८३ आइतबार August 16, 2026

काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ५ गते । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।

उहाँले निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल) मध्ये काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको बताउनुभयो । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६३३ मिटर छ ।

उहाँले निर्माणाधीन तीन वटा सुरुङमार्गको सुरुङ खन्ने काम ७८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले लेनडाँडा सुरुङमार्गको दुवैतर्फको सुरुङ छिचोलिने योजना रहेको बताउनुभयो ।

नेपाली सेनाका अनुसार तीन हजार ३५५ मिटरको महादेवटार सुरुङमार्गको दुई हजार १५८ मिटर खनिसकिएको जनाएको छ । तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अब १.५२९ किलोमिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार