असार २०, २०८२ शुक्रबार July 4, 2025

दूूरगामी प्रभाव पार्ने निर्णय लिने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ ।

स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । बैठकपछि सरकारलाई काम गर्न अझ सजिलो हुुने विश्वास पनि गरिएको छ ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने विषयवस्तुबारे दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेकपामा सबैभन्दा विवादित भनिएको विषय एमसीसी रहेको विश्लेषण गरिएको छ । स्थायी कमिटीमा यी विषयमा सर्वसम्मत निर्णय गर्न सके बैठकलाई ऐतिहासिक मान्न सकिने राजनीतिक विश्लेषक हरि रोक्काले बताए ।

यसअघि पार्टीका केन्द्रीय समिति र स्थायी कमिटी बैठक बसे पनि महत्वपूर्ण निर्णय हुन नसकेकाले यस पटकको बैठकबाट ठोस निर्णय आउने रोक्काको ठम्याइ छ । पार्टीले सावधानीपूर्वक निर्णय लिनुपर्ने सुझाव दिँदै उनले आफ्ना दुई छिमेकी राष्ट्रलाई चिढ्याउने गरी कुनै निर्णय लिन नहुने बताए।

अधिवक्ता टीकाराम भट्टराईले जहिले पनि पार्टी र सरकार बीचको अन्तरसम्बन्धलाई लिएर पार्टीभित्र विवाद देखिएको हुनाले यसबारे एउटा निर्देशिका नै बनाउनुपर्ने सुझाव दिए । दुवै अध्यक्षले एकअर्कालाई सहयोग गर्ने वातावरण बन्नुपर्ने र सरकारलाई काम गर्न सहज वातावरण बनाइनुपर्ने उनको भनाइ रहेको यो खबर आजको गोराखपत्र दैनिकमा प्रकशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार