असार २०, २०८२ शुक्रबार July 4, 2025

११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १-१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

अहिले मुलुकमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ । शुक्रबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना पुगिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिमका बाबजुद पनि अहिले सेवाग्राही आपूmले बुझाउनुपर्ने राजस्व तिर्न विभिन्न कर कार्यालय पुगिरहेका छन् । विगत तीन महिनाभन्दा बढी समयदेखि आफ्ना व्यवसाय बन्द गरी लकडाउनले घरमा थुनिएका व्यवसायीले लकडाउन खुकुलो भए पनि अझै राम्रोसँग व्यापार-व्यवसाय गर्न सकिरहेका छैनन् । सरकारले उनीहरूलाई कुनै राहत पनि दिएको छैन तर पनि व्यवसायीहरूले आफ्नो दायित्वअनुसार उत्साहका साथ कर बुझाइरहेका छन् ।

लामो लकडाउनका कारण देशको ढुकुटी सकिनै लाग्दा व्यवसायीले तिरेको करले पुनः ढुकुटी भरिन थालेको छ । ढुकुटी सकिन लाग्दा सरकारलाई दैनिक खर्च सञ्चालनमा समेत समस्या पर्न थालेको थियो तर व्यवसायीले समयमा नै कर तिरेपछि सरकारलाई दैनिक कार्य सञ्चालनमा राम्रो सहयोग मिलेको खबर राजधानी दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार