असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको टोली चीन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीन पठाउने भएको छ। कोरोनाको उत्पत्ति कसरी र केबाट भयो भन्ने पत्ता लगाउन स्वास्थ्य विशेषज्ञहरुको टोली जुलाई पहिलो साता चीन जान लागेको हो।

डब्लुएचओले कोरोनाको स्रोत के हो पत्ता लगाउन आफ्ना विशेषज्ञलाई बोलाउन चीनलाई आग्रह गर्दै आएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले सोमबार एक भर्चुअल ब्रिफिङमा भने, ‘हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा भएपछि योसँग लड्न सजिलो हुन्छ। अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं।’

कोरोना भाइरस जनावरबाट मानिसमा आएको बताइँदै आएको छ। चीनको वुहानस्थित मासु बजारबाट यो भाइरस सुरु भएको विश्वास गरिएको छ। विश्वकै सबैजसो देशमा फैलिसकेको यो भाइरसबाट एक करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ लाखभन्दा बढीको ज्यान गइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया