असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकभरका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मंसिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी प्रत्येक स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्रस्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

हाल देशभर कूल७५३ स्थानीय तह छन् । ती केन्द्रमा हाललाई करारमा अधिकृतस्तरका कर्मचारी रहनेछन् ।केन्द्रमा करारमा कर्मचारी नियुक्त गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृतिसमेत दिइएको छ ।

बैठकले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षमा इलामका प्राडा भीमप्रसाद सुवेदीलाई मनोनयन गरेको छ । गत कात्तिक २९ गते बसेको  मन्त्रिपरिषद्को बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो ।

यस्तै गरीबी निवारण कोषका उपाध्यक्षमा निर्मलकुमार भट्टराईलाई नियुक्त गरिएको छ भने राष्ट्रिय खेलकूद परिषद्का सदस्यफत्तबहादुर गुरुङलाई सो पदबाट हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।

हरेक वर्ष नोभेम्बर २५ लाई देशभर लैङ्गिक हिंसाविरुद्धको अभियानदिवस तथा मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवस मनाउने निर्णय पनि गरिएको छ ।यस वर्ष सामाजिक सुरक्षा दिवस कार्यक्रमको शुभारम्भ आगामी मङ्गलबार प्रधानमन्त्री केपीशर्मा ओलीले गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा विद्युतीय व्यापारकोविकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन तथा सिन्धुपाल्चोक जिल्लाको माङ्खा र राम्चेबीचको जुरेमा २०७१ साल साउन १७ गते गएको पहिराबाट पीडित परिवारका लागिनेपाल बैंक लिमिटेड चौतारा शाखामा सङ्कलित राहत रकम वितरणका लागि फुकुवा गर्नेनिर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

ती पहिरोपीडितलाई भूकम्पपीडितले पाउनेजति नैरकम वितरण गरिनेछ । बैठकले नेपाली सेनालाई अन्तरराष्ट्रिय सैन्य खेलकूद परिषद्को सदस्यता लिन स्वीकृति प्रदानसमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार