श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पश्चिमसँग सम्बन्ध तोड्दाको लागत दुई अर्ब १० करोड डलर : रुसी अन्तरिक्ष एजेन्सी

अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को। युक्रेनमा रुसको आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडिएपछि झण्डै एक खर्ब ८० अर्ब रुबल (दुई अर्ब १० करोड डलर) नोक्सान भएको रुसको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।

रूसको अभियान सुरु भएपछि मस्को विरुद्ध प्रतिबन्धको एक भागका रूपमा पश्चिमी देशहरूले अन्तरिक्ष क्षेत्रमा रोस्कोसमोससँग साझेदारी तोडेका थिए ।  रोस्कोसमोस रूसमा अन्तरिक्ष गतिविधिहरूका लागि समन्वय गर्ने केन्द्र हो ।

इन्टरफ्याक्स समाचार एजेन्सीले रोस्कोसमोस एजेन्सीका उपप्रमुख आन्द्रेई येल्चानिनोभलाई उद्धृत गर्दै भनेको छ, “अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च भएको छ ।”

रोकिएको सहयोगमध्ये एक युरोपेली अन्तरिक्ष एजेन्सीसँग मङ्गल ग्रह अन्वेषणका लागि एक योजनाबद्ध संयुक्त अभियानमा सहयोग थियो ।

रोसकोसमोसले फ्रेन्च गुयानाको कोउरो अन्तरिक्ष बन्दरगाहबाट आफ्नो सोयुज रकेटको प्रक्षेपणलाई पनि स्थगित गरेको छ ।

येल्चानिनोभले एजेन्सीले एसिया, अफ्रिका र मध्यपूर्वका देशहरूसँग थप व्यापार गरेर गुमेको राजस्वको पूर्ति गर्ने योजना बनाएको बताउनुभयो ।

रुसको अन्तरिक्ष क्षेत्रले वित्तीय समस्या, भ्रष्टाचार घोटाला र सन् २०२३ अगस्टमा लुना–२५ चन्द्र मोड्युलको नोक्सानी जस्ता असफलताहरूसँग सङ्घर्ष गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार