श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ह्वाट्सले प्रयोगकर्ता प्रोफाइलहरूमा सुधार गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, साउन २८ गते । ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ ।

ह्वाट्सएपले एन्ड्रोइड अपडेटका लागि नवीनतम ह्वाट्सएप बिटा (संस्करण २.२४.१७.१०) मा नयाँ विकास समावेश गरेको छ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रोफाइलमा आफूलाई परिचय गराउन नयाँ अनुभव प्रदान गर्दछ ।

यस अपडेटले प्रयोगकर्ताहरूलाई एपभित्र आफूलाई अभिव्यक्त गर्ने नयाँ तरिकाको परिचय दिन्छ । साथै, सूचनाहरूले प्रयोगकर्ताहरूलाई उनीहरूको प्राथमिकताअनुसार उन्नत अवतार सुविधाहरू सक्रिय गर्न प्रेरित गर्दछ ।

यसका साथै ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई स्टिकरहरूमा उनीहरूको अवतारहरू प्रयोग गर्न सक्ने व्यक्तिहरूलाई निर्दिष्ट गर्न अनुमति दिएर प्रयोगकर्ताको गोपनीयता बढाउने सुविधा विकास गरिरहेको छ ।

उसले यस्तो सुविधाको पनि परीक्षण गरिरहेको छ जसले कुन व्यक्तिले तपाईंको च्याट जानकारी स्क्रिनमा प्रोफाइल, तस्वीरमा स्वाइप गरेको जानकारी दिन्छ ।  रासस, क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार