असोज १९, २०८३ सोमबार October 5, 2026

अनुमति नलिई नेपाल भित्र्याइएको ५ सय बढी कन्टेनर नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अनुमति नलिई नेपाल भित्र्याइएको ५ सय भन्दा बढी कन्टेनर खाद्य सामाग्रीहरू विरगंजस्थिति सुख्खा बन्दरगाह कार्यालयले नियन्त्रणमा लिइ कारवाही प्रकृया थालेको छ ।

प्रत्येक कन्टेनरमा २७ मेट्रिक टन खाध सामाग्री रहेका छन् । जसको बजार मुल्य  ५० देखि ७० करोड़ रुपैयाँ भन्दा पनि बढि रहेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको  छ ।

तेस्रो मुलुकबाट आयातित यी खाद्य सामाग्रीहरुको अनुमति पत्र मागिएपछि आयात कर्ताहरू नै सम्पर्कमा आएका छैनन् । लामो समयसम्म आयातकर्ताहरुले  आफ्नो सामान दावी गर्न नआएपछि नियन्त्रणमा लिइएको खाध बस्तुहरू लिलामी प्रकृया थालिएको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।

यसरी नियन्त्रणमा लिइएको कन्टेनर तथा ट्रकभित्र केराउ, मरिच, छोकरा र सुपारी जस्ता खाद्य बस्तुहरू रहेको छ । यस्ता खाद्य बस्तुहरू आयातपुर्व सरकारले  चैत्र १६ गते बाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति अनिवार्य गरेको छ । बिना अनुमति खाध पदार्थ भित्राइएकोले  आयातकर्ता सामान छुटाउन नआएको हुनसक्ने सुख्खा बन्दरगाह प्रमुख उमेश श्रेष्ठले बताउनु भयो ।

यी सवै सामान सहितका कन्टेनरहरु भारतको कोलकत्ता र विशाखपट्नम बन्दरगाहवाट रेल र ट्रक मार्फत  वीरगन्ज स्थिति सुख्खा बन्दरगाह आइपुगेको हो ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार