अनुमति नलिई नेपाल भित्र्याइएको ५ सय भन्दा बढी कन्टेनर खाद्य सामाग्रीहरू विरगंजस्थिति सुख्खा बन्दरगाह कार्यालयले नियन्त्रणमा लिइ कारवाही प्रकृया थालेको छ ।
प्रत्येक कन्टेनरमा २७ मेट्रिक टन खाध सामाग्री रहेका छन् । जसको बजार मुल्य ५० देखि ७० करोड़ रुपैयाँ भन्दा पनि बढि रहेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।
तेस्रो मुलुकबाट आयातित यी खाद्य सामाग्रीहरुको अनुमति पत्र मागिएपछि आयात कर्ताहरू नै सम्पर्कमा आएका छैनन् । लामो समयसम्म आयातकर्ताहरुले आफ्नो सामान दावी गर्न नआएपछि नियन्त्रणमा लिइएको खाध बस्तुहरू लिलामी प्रकृया थालिएको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।
यसरी नियन्त्रणमा लिइएको कन्टेनर तथा ट्रकभित्र केराउ, मरिच, छोकरा र सुपारी जस्ता खाद्य बस्तुहरू रहेको छ । यस्ता खाद्य बस्तुहरू आयातपुर्व सरकारले चैत्र १६ गते बाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति अनिवार्य गरेको छ । बिना अनुमति खाध पदार्थ भित्राइएकोले आयातकर्ता सामान छुटाउन नआएको हुनसक्ने सुख्खा बन्दरगाह प्रमुख उमेश श्रेष्ठले बताउनु भयो ।
यी सवै सामान सहितका कन्टेनरहरु भारतको कोलकत्ता र विशाखपट्नम बन्दरगाहवाट रेल र ट्रक मार्फत वीरगन्ज स्थिति सुख्खा बन्दरगाह आइपुगेको हो ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया