असोज १४, २०८३ बुधबार September 30, 2026

पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिनुभयो ।

जोशी यसअघि पनि बोर्डको सीइओ भइसक्नुभएको छ । उहाँले सन् २०१५/२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसक्नुभएको छ ।

यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।

नियुक्त भइसकेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताउनुभयो । “परिस्थितिको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ”, उहाँले भन्नुभयो, “यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार