असार २४, २०८२ मंगलबार July 8, 2025

पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ ।

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बिहीबार पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो ।

आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ ।विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो ।

विसं २०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे ।प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो ।

बोहरा विसं २०४९ देखि विसं २०५३ सम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो । विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा २०७० जेठ १९ गते पुनरावेदन गरिएको थियो । सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले सफाइ दिएको हो ।
–––

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार