श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

सेवा निरन्तरताको सम्बन्धमा कुनै समस्या भएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने निचोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ असोज : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ ।

केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकले ती सेवा निरन्तरताको सम्बन्धमा कुनै समस्या भएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकामा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले विपद् प्रतिकार्य, उद्धार तथा राहतका सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णयसम्बन्धी विषयवस्तु प्रभावकारी र नियमित रुपमा प्रचारप्रसार गरी जनतालाई समयमै सुसूचित गर्ने-गराउने निर्णयसमेत गरेको छ ।

बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका सूचना प्रविधिविज्ञ डा शालिकराम पराजुली, नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, रेडियो नेपालका कार्यकारी निर्देशक अम्मरध्वज लामा र दूरसञ्चार सेवा प्रदायक संस्था ‘एनसेल’का सिआरओ विशालमणि उपाध्याय र इन्टरनेट सेवा प्रदायक संस्था ‘इस्पान’का प्रमुख कार्यकारी अधिकृत सुवास खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार