असोज २६, २०८३ सोमबार October 12, 2026

अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’सँग भेट

अर्बपति एलन मस्कद्वारा स्थापित निजी कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यहरूलाई घुमाउन अनुमति दिन प्रत्येक ६ महिनामा नियमित मिसनहरू उडान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ।

फाल्कन ९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न १ः१७ बजे उडान भरेको थियो र ड्रैगन अन्तरिक्ष यानमा सवार क्रू–९ मिसनले आइतबार साँझ ५ः३० बजे आईएसएससँग सम्पर्क गरेको थियो ।

‘ड्रयागन क्याप्सुल’ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ साँझ ७ बजेपछि आफ्ना तैरिरहेका सहकर्मीलाई अँगालो हालेर स्टेसनमा चढेका थिए ।

“म ड्रागन फ्रिडमबाट हाम्रो नयाँ कम्प्याडरहरूलाई स्वागत गर्न चाहन्छु,” फसेका दुई अन्तरिक्ष यात्रीमध्ये एक यात्री स्टेशन कमान्डर सुनी विलियम्सले भनेकी छन् ।

हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् ।

बोइङले डिजाइन गरेको अन्तरिक्ष यान (स्टारलाइनर)को समस्याका कारण आईएसएसमा उनीहरूको बसाई महिनौंसम्म लम्बिएको थियो।

विल्मोर र विलियम्सलाई गत जुनमा आईएसएसमा पुऱ्याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरिरहेको थियो ।

उनीहरू त्यहाँ केवल आठ दिनका लागि मात्र हुनुपर्ने थियो, तर त्यहाँ उडानको क्रममा स्टारलाइनरको ‘प्रोपल्सन सिस्टम’मा समस्या देखापरेपछि नासाले योजनामा आमूल परिवर्तन गर्न बाध्य भएको थियो ।

स्टारलाइनरको सफल अवतरणको विश्वसनीयताको बारेमा हप्तौंको गहन परीक्षणपछि नासाले अन्ततः यसलाई आफ्नो चालक दल बिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो ।

अर्बपति एलन मस्कद्वारा स्थापित निजी कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यहरूलाई घुमाउन अनुमति दिन प्रत्येक ६ महिनामा नियमित मिसनहरू उडान गर्दै आएको छ । तर नासाका विशेषज्ञहरूलाई स्टारलाइनरको विश्वसनीयताको मूल्याङ्कन गर्न र कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न थप समय दिनका लागि क्रू-९ को प्रक्षेपण अगस्टको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म स्थगित गरिएको थियो ।

हेग र गोर्बुनोभले करिब पाँच महिना आईएसएसमा बिताउनेछन् । विल्मोर र विलियम्सले त्यहाँ आठ महिना बिताउनेछन्।

क्रु-९ ले आफ्नो बसाइको क्रममा करिब २०० वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्ने जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
२०८३ असोज २६, सोमबार
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
२०८३ असोज २६, सोमबार
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदी कति पुग्यो ?
२०८३ असोज २६, सोमबार
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
२०८३ असोज २६, सोमबार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
२०८३ असोज २६, सोमबार
धनगढी जाँदै गरेको बस नवलपरासीमा पल्टियो : घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै
२०८३ असोज २६, सोमबार
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार