असोज २६, २०८३ सोमबार October 12, 2026

शाओमीको दशैं क्याम्पेन : “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार”

असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” घोषणा गरेको छ। यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाइने कम्पनीले जनाएको छ।

यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्ने मौका पाउने कम्पनीको भनाइ छ । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ ।

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

क्याम्पेनबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “हामी यस दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौं । यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ ।” साथै ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन सक्ने कम्पनीले बताएको छ । उक्त विशेष अफर भाद्र ३० देखि कार्तिक ३० सम्म लागु हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
२०८३ असोज २६, सोमबार
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
२०८३ असोज २६, सोमबार
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदी कति पुग्यो ?
२०८३ असोज २६, सोमबार
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
२०८३ असोज २६, सोमबार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
२०८३ असोज २६, सोमबार
धनगढी जाँदै गरेको बस नवलपरासीमा पल्टियो : घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै
२०८३ असोज २६, सोमबार
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार