असार २३, २०८२ सोमबार July 7, 2025

डा तुलसी गिरीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कुनै समयका नेपाली राजनीतिक चतुर खेलाडी मानिएका पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा ९३ वर्षको उहाको उमेरमा निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार कलेजोमा क्यान्सर लागेका उनको केही दिनअघिसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमाउपचार भइरहेको थियो ।अन्तिम अवस्थामा पुगेपछि उनलाई घरमा ल्याइएको थियो । सोही क्रममै उनको निधन भएको थियो ।

पञ्चायत कालमा उनी पटकपटक प्रधानमन्त्री भएका थिए । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाउँदा उनीमन्त्रिपरिषदका उपाध्यक्ष भएका थिए । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिवशरीर उनकै निवास बुढानीलकण्ठमा राखिने बताइएको छ । यसैबीच पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरलेस्तव्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । ट्वीटरमा ट्वीट गर्दै उनले लेखेका छन् –मलाई दुःख लागेको छ ।

यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्तगर्दछु ।’ गिरीको निधनप्रति सामाजिक सञ्जालबाट पनि श्रद्धाञ्जली व्यक्त गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । जिगत राजाकापालामा प्रधानमन्त्री हुनुभएका गिरी तत्कालिन राजा ज्ञानेन्द्रले शाही साशन मार्फत अधिकार आफ्नो हातमा लिएपछि सत्तासञ्चालनका लागि उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार