असोज १४, २०८३ बुधबार September 30, 2026

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला, १० कात्तिक : यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।

तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ । उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।” अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला–९ का स्थानीयवासी खड्का रावतले बताउनुभयोे ।

पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो । अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले बताउनुभयो । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभया ।

विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताउनुभयो ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ । तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी, स–साना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।

पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिकरूपमा विकट मानिन्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार