भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सप्तरीको कञ्चनरुप नगरपालिका-२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गर्नु भएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । घर भाडामा लिई सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्रमा हाल हेल्थ असिस्टेन्ट, नर्सिङ स्टाफ र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहने छन् ।

नगरपालिकाको १२ वडामध्ये स्वास्थ्य संस्थाविहीन वडा नम्बर २ र ९ मा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले बरमझियामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताउनुभयो । नगर प्रमुख मिश्रका अनुसार एक साताभित्र वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ । उद्घाटनका अवसरमा नगर प्रमुख मिश्रले आफ्नै कार्यकालमा केन्द्रका लागि भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य क्षेत्रमा छ महिनाभित्रै देखिने गरी काम गर्ने उहाँले घोषणा गर्नुभयो ।

नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत विषयलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको जानकारी दिनुहुँदै नगर प्रमुख मिश्रले हात्तीलगायत जङ्गली जनावर नियन्त्रणमा पनि प्रभावकारी काम गरिने बताउनुभयो । उपप्रमुख पोखरेलले तीन कट्ठा जग्गा उपलब्ध भएमा आर्थिक वर्षदेखि स्वास्थ्य केन्द्रको भवन निमार्णको काम शुरु गरिने बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर सञ्जीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार