असोज १४, २०८३ बुधबार September 30, 2026

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक १३ गते । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज राति आयोजित एक समारोहमा उहाँहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले हुँदै राष्ट्र, जनता र सङ्गठनलाई गरेको योगदान र राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको चर्चा गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागेका नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वासयोग्य संस्थाका रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतका रूपमा जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम सङ्गत बनाउन हरसम्भव प्रयास भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्गनिर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा सङ्गठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले सङ्गठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानलगायतको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार