असोज ६, २०८३ मंगलबार September 22, 2026

नेतृत्व र व्यक्तित्व विकासमा आरडी गु्रप सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आरडी ग्रुप तथा रानी डायना विजनेश गु्रपले नेतृत्व तथा व्यक्तित्व विकास सम्बिन्ध तालिम सञ्चालन गरेको छ । देशमा रहेका शिक्षित युवा जनशक्तिलाई स्वदेशमै स्थापित गर्ने उदेश्यले उनीहरुमा भएको नेतृत्व तथा व्यक्तित्वलाई निखार ल्याउनका लागि भन्दै आरडी गु्रपकै एचआर सोलुशन अन्र्तगत संचालित सो तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

दोस्रो ब्याजका १६ र तेस्रो ब्याजका १३ जना सहभागि प्रशिक्षर्थीहरुलाई नेपाली चलचित्रका लोकप्रिय नायक सरोज सरोज खानाल सहित वरिष्ठ रेडियो नाटक निर्देशक तथा कलाकार मदनदाश श्रेष्ठ,सशस्त्र प्रहरी बलका निवर्तमान प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ,रेडियोकर्मी भरत बम्जन, गितकार विमल गौतम,वरिष्ठ सञ्चारकर्मी लक्ष्मणदत्त पन्थ,गितकार तथा निर्देशक मिनसागर लामा,युवा व्यवसायी तथा समाजसेवी किसनराज सिंह,समाजसेवी तथा व्यवसायी भवानी देवकोटालगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि खनालले युवा जनशक्तिलाई नेतृत्व तथा बौद्धिक विकास सम्बन्धि प्रशिक्षण प्रदान गरि स्वदेशमा नै रोजगारीको अवसर दिलाउने कामको सुरुवात आरडी गु्रपले गरेको भन्दै गु्रपको प्रशंसा गर्नुभयो । उहाले यस्तो सकारात्मक कामका लागि आफु पनि आरडी गु्रपको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा थाइल्याण्डकी राजकुमारी चुलारात इङराङकोल ना आयुथायाद्वारा आरडी गु्रपकै यार्सामृत नाम जभचदबनचय नामक उचयमगअत गिलअज गरिएको थियो । सो उचयमगअत बारे जयराम आचर्य र प्रेम खड्काले प्रष्ट पार्नुभएको थियो ।

आरडी गु्रपका संस्थाक महारानी महालक्ष्मी राणाले स्वागत मन्तव्य,अध्यक्ष सुन्दर रिजालले कम्पनीका बारेमा जानकारी गराउनु भएको थियो भने तेस्रो ब्याजका प्रशिक्षर्थी संजय प्रजापतिले आफ्नो अनुभव सुनाएका थिए ।

राजधानीको धारागल्लीस्थित सम्राट पार्टी प्यालेसमा शुक्रबार सम्पन्न कार्यक्रमको संचालन सोनिया लिम्बुले गरेकी गुप्रका सचिव राजन दाहालले जानकारी दिनुभयो ।नुवाकोट पुकार साप्ताहिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार