असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोभिड-१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको छ । पाँच हजार ९३६ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा १ सय ७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म ११ हजार ८६८ सङक्रमित निको भएका छन् । हाल क्वारेन्टाइनमा कोभिड-१९ का २२ हजार २ सय २८ जना आशङ्कित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया