बैसाख १५, २०८३ मंगलबार April 28, 2026

एप्पलले चार वर्षमा अमेरिकामा पाँच खर्ब डलर लगानी गर्ने, २० हजार कर्मचारी भर्ती गर्ने

अमेरिकी कम्पनीहरूलाई उत्पादन स्वदेश फर्काउन दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । एप्पलले आगामी चार वर्षमा अमेरिकामा पाँच खर्ब डलरभन्दा बढी खर्च गर्ने र २० हजार कर्मचारी भर्ती गर्ने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घोषणाको श्रेय तुरुन्तै लिनुभएको छ ।

सिलिकन भ्यालीमा आधारित यस दिग्गजले यो “अहिलेसम्मकै सबैभन्दा ठूलो खर्च प्रतिबद्धता’ भएको बताएको छ । यो प्रतिबद्धता प्रविधि कम्पनीहरू कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गर्न प्रभुत्वका लागि लडिरहेका बेला आएको छ ।

अमेरिकी कम्पनीहरूलाई उत्पादन स्वदेश फर्काउन दबाब दिँदै आउनुभएका ट्रम्पले यस लगानीका लागि आफ्नो प्रशासनलाई धन्यवाद दिनुपर्ने दाबी गर्नुभयो ।

“यसको कारण, हामी जे गरिरहेका छौँ त्यसमा विश्वास छ, जुनबिना उनीहरूले दस सेन्ट पनि लगानी गर्दैनन् । धन्यवाद टिम कुक र एप्पल !!!”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ठूला अक्षरमा लेख्नुभएको थियो ।

एप्पलले आफ्नो २० हजार नयाँ भर्ती प्रायः अनुसन्धान र विकास, सिलिकन इन्जिनियरिङ, सफ्टवेयर विकास र एआई र मेसिन लर्निङमा केन्द्रित हुने बताएको छ ।

यसले सन् २०२६ मा टेक्सासको ह्युस्टनमा नयाँ उत्पादन सुविधा खोल्ने योजना घोषणा गरेको छ । यसले सर्भरहरू जोड्नेछ जसले ‘एप्पल इन्टेलिजेन्सलाई शक्ति प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ’–कम्पनीको एआई उत्पादनहरूको हिस्सा– र ‘हजारौँ रोजगारी’ सिर्जना गर्नेछ ।

डेट्रोइटमा रहेको एउटा एप्पल म्यानुफ्याक्चरिङ एकेडेमी पनि ‘कम्पनीहरूलाई उन्नत उत्पादनमा रूपान्तरण गर्न मद्दत गर्ने’ योजनामा छ ।रासस

“हामी अमेरिकी नवप्रवर्तनको भविष्यप्रति आशावादी छौँ र हामी हाम्रो देशको भविष्यका लागि यो पाँच खर्ब डलरको प्रतिबद्धताका साथ हाम्रो दीर्घकालीन अमेरिकी लगानीहरूमा निर्माण गर्न गर्व गर्छौं”, एप्पलका सिइओ टिम कुकले एक विज्ञप्तिमा भन्नुभयो ।

एप्पलका आपूर्तिकर्ताहरूले पहिल्यै नै एरिजोना, कोलोराडो, ओरेगन र उटा सहित १२ राज्यका २४ कारखानामा सिलिकन उत्पादन गरिसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार