वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

जैशीदेवल युथ क्लवको २३ औ. साधारणसभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको जैशीदेवलमा रहेको जैशीदेवल युथ क्लवको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबारचोभारको मञ्जुश्री पार्कमा आयोजना गरिएको साधारणसभामा क्लवका अध्यक्ष राजेश प्रजापतिको सभापतित्वमा भएको थियोभने क्लबका महासचिव चन्द्रगोपाल प्रधानबाट क्लवको वार्षिक प्रगती विवरणका साथै क्लबले वर्तमान अवस्थामा र भविष्यमागर्ने कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कोषाध्यक्ष गिरीघर श्रेष्ठद्वारा क्लबको आया यव्य विवरण पेशगरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितकारद्वारा क्लबका अध्यक्ष प्रजापति, उपाध्यक्षराजेन्द्र महर्जन महासचिव चन्द्र गोपाल प्रधान,कोषाध्यक्ष गिरीधर श्रेष्ठ, सचिव हितेष कांरजित, भरत कांरजित,प्रविर्ण कर्माचायर्,राजेन्द्र मानन्धरलाई बधाई तथा शुभकामना प्रधान गर्नुभयो । यसैगरी क्लवको पदाधिकारी सदस्य एवं सल्लाहकारहरको

श्रीमतीहरुबाट भाउजु बुहारी समुह समेत गठन गरिएको थियो । सो अवसरमा क्लबको स्मारिका प्रकाशनमा लेख रचना उपलब्धगराउने लेखकहरुलार्य पनि सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठले नेपाल भाषासेवी तथा साहित्यकार स्वर्गीय नातीकाजी बजाचार्य पुरस्कार सम्पदा संरक्षक पत्रकार रेखा शाक्यलाई प्रधान गरिएकोथियो भने उपत्यका एफ एमका सञ्चालिका लजना मानन्धर र कविता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

यस्तैसाहित्यकार दिव्या मानन्धर र ब्युटिसियन ईश्वरी कारंजित र थेरापिष्ट पवन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सो अवसरमभएका विभिन्न मनोरन्जनात्मक खेलमा विजयी खेलाडीहरुलाई काठमाडौं महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष उदयचुढामणी बजाचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सदस्य रोजेन्द्र मानन्धरले गर्नुभएका थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार