भाद्र २९, २०८३ सोमबार September 14, 2026

जैशीदेवल युथ क्लवको २३ औ. साधारणसभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको जैशीदेवलमा रहेको जैशीदेवल युथ क्लवको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबारचोभारको मञ्जुश्री पार्कमा आयोजना गरिएको साधारणसभामा क्लवका अध्यक्ष राजेश प्रजापतिको सभापतित्वमा भएको थियोभने क्लबका महासचिव चन्द्रगोपाल प्रधानबाट क्लवको वार्षिक प्रगती विवरणका साथै क्लबले वर्तमान अवस्थामा र भविष्यमागर्ने कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कोषाध्यक्ष गिरीघर श्रेष्ठद्वारा क्लबको आया यव्य विवरण पेशगरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितकारद्वारा क्लबका अध्यक्ष प्रजापति, उपाध्यक्षराजेन्द्र महर्जन महासचिव चन्द्र गोपाल प्रधान,कोषाध्यक्ष गिरीधर श्रेष्ठ, सचिव हितेष कांरजित, भरत कांरजित,प्रविर्ण कर्माचायर्,राजेन्द्र मानन्धरलाई बधाई तथा शुभकामना प्रधान गर्नुभयो । यसैगरी क्लवको पदाधिकारी सदस्य एवं सल्लाहकारहरको

श्रीमतीहरुबाट भाउजु बुहारी समुह समेत गठन गरिएको थियो । सो अवसरमा क्लबको स्मारिका प्रकाशनमा लेख रचना उपलब्धगराउने लेखकहरुलार्य पनि सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठले नेपाल भाषासेवी तथा साहित्यकार स्वर्गीय नातीकाजी बजाचार्य पुरस्कार सम्पदा संरक्षक पत्रकार रेखा शाक्यलाई प्रधान गरिएकोथियो भने उपत्यका एफ एमका सञ्चालिका लजना मानन्धर र कविता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

यस्तैसाहित्यकार दिव्या मानन्धर र ब्युटिसियन ईश्वरी कारंजित र थेरापिष्ट पवन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सो अवसरमभएका विभिन्न मनोरन्जनात्मक खेलमा विजयी खेलाडीहरुलाई काठमाडौं महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष उदयचुढामणी बजाचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सदस्य रोजेन्द्र मानन्धरले गर्नुभएका थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
आँसु थाम्दै बगरमा खोजतलास
२०८३ भाद्र २९, सोमबार
बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
२०८३ भाद्र २८, आइतबार