असार २३, २०८२ सोमबार July 7, 2025

निलम्बित सांसद मनाङेलाई एक वर्ष कैद छुट दिन अदालतको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाण्डौं : जिल्ला अदालत काठमाडौंले निलम्बित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको २० प्रतिशत कैद सजाय मिनाहा गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेको मागबमोजिम आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए ।

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनले कैद छुट माग गरेका थिए ।

तत्कालीन गुण्डा नाइके मनाङेले अर्का गुण्डा नाइके चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहार गरेका थिए । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त सजाय माथिल्ला अदालतहरूबाट पनि सदर भएको थियो ।

मनाङे २ वर्ष ४ महिनाका लागि पछिल्लोपटक कारागार चलान भएकोमा अब उनले २० प्रतिशत कैद सजाय छुट पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार