असोज १४, २०८३ बुधबार September 30, 2026

‘प्रभावकारी कानुनले मात्रै विकासलाई सघाउँछ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गलकोट (बागलुङ), २४ फागुनः गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रभावकारी कानुनले विकासलाई सघाउने भएकाले कानुन निर्माण प्रक्रियामा मिडिया क्षेत्रबाट पर्याप्त सुझाव आउन आवश्यक रहेको बताउनुभयो ।

बागलुङमा आज आयोजित कार्यक्रममा उहाँले गण्डकी प्रदेशसभामा हाल मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भइरहेकाले यसमा पनि मिडियाबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो । “पत्रकार जगत्बाट कानुन निर्माणमा पर्याप्त सुझाव आउन सकेको छैन । भाषाका विषयमा मात्रै होइन, स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने विधेयक बनाइने सोच छ, यसमा पनि पर्याप्त सुझाव र छलफल आवश्यक छ । त्यसो गर्न सकेमा मात्रै कानुनमा अपनत्व र त्यसले विकासलाई सघाउ पुग्छ”, सभामुख धितालले भन्नुभयो ।

उहाँले सांसदले योजनामा मात्रै नभई कानुन निर्माणमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कानुनी सहजताले मात्रै विकास निर्माणलाई सहज बनाउने भएकाले यसमा ध्यान दिन आवश्यक रहेको सभामुख धितालको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार