असार २३, २०८२ सोमबार July 7, 2025

समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसुवा, २४ फागुनः रक्षामन्त्री मानवीर राईले देशको बृहत्तर हित र समुन्नत राष्ट्र निर्माणका लागि सरकारले सबै खाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभएको छ ।

आज यहाँ रेडियो लाङ्टाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा उहाँले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मन्त्री राईले कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आवश्यकता रहेको भन्दै आफ्ना कला संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन एफएमले गरेको प्रयास सराहनीय भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सञ्चारकर्मीले जनमानसमा सत्यतथ्य र सकारात्मक सन्देश प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री राईले देश विकासका लागि शिक्षा नै अपरिहार्य भएकाले भावी सन्ततिलाई गुणस्तरीय उच्च शिक्षा हासिल गराउने वातावरणका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

मारुनी नाचअन्तर्गत गुरुङ, तामाङ, मगर नाचका साथै पञ्चैबाजा, लामा तथा झाँक्रीको कला, ब्राह्मणले गाउने बालन भजनजस्ता कला प्रस्तुत गरिएको रेडियो सञ्चालक गीता न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा विवाहहरूमा गाइने खाँडोका श्लोक सुरेन्द्र राजाको पालादेखि हालसम्मको कथन प्रस्तुत गरिएको थियो ।

रेडियो सञ्चालक समिति अध्यक्ष सोहन सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा होटल व्यवसायी छिरिङछेटेन तामाङ, नेपाल विद्युत् प्रधिकरणका सञ्जीप भट्टराई र सामाजिक व्यक्तित्व उत्तरगया गाउँपालिका–५ लहरे निवासी पिताम्वर आचार्यलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया