असार २३, २०८२ सोमबार July 7, 2025

सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन् ।

काठमाडाँैका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु पाँच लाख दिए मुद्दा ढुस (रद्द) हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ ।

उनलाई आज काठमाडाँै महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार