असोज १४, २०८३ बुधबार September 30, 2026

श्रम कानुनको पूर्ण कार्यान्वयन गर्न सरकार क्रियाशील छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १५ वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमसम्बन्धी कानुनको पूर्ण कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले १३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘पूर्ण कार्यान्वयन श्रम अधिकार, सुमधुर औद्योगिक वातावरणको पहिलो आधार’ विषयक अन्तक्र्रियामा उहाँले श्रम ऐन, २०७४ लाई समयानुकूल बनाउन संशोधनको तयारी गरिएको समेत बताउनुभयो ।

“श्रम ऐन संशोधनको लागि सुझाव आह्वान गरिएको छ, ऐनमा भएका प्रावधानको पूर्ण कार्यान्वयन गर्न र श्रमिक सङ्घसङ्गठनसँग सहकार्य गर्न सरकार तयार छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्नका लागि स्थायी संयन्त्र आवश्यक भएको बताउनुभयो । सामाजिक सुरक्षालाई सर्वव्यापी बनाउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रका साथै सरकारका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउने निर्णय गरिएको बताउनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले मुलुकको शासन व्यवस्था र संविधान फेरिए पनि रोजगारदाताको व्यवहार नफेरिँदा श्रमिकले अझै पनि दुःख पाइरहेको बताउनुभयो । “सबै आफ्नो ठाउँबाट फेरिन आवश्यक छ, सरकारले पनि मजदुरको पक्षमा काम गर्न नसकेको महसुस भइरहेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय श्रम शोषणको रूप फेरिएको छ, श्रमिकले आफूलाई शोषणबाट मुक्ति दिलाउन फेरि पनि एकताबद्ध हुनुपर्छ ।”

अन्टुफका अध्यक्ष जगत सिङ्खडाले श्रम ऐन संशोधन गरेर मजदुरविरोधी प्रावधान हटाइनुपर्नेमा जोड दिनुभयो । सामजिक सुरक्षा योजनामा सबै श्रमिकलाई समावेश गरेर लैजानुपर्ने भन्दै उहाँले रोजगारदाता सामाजिक सुरक्षा योजनाबाट पछाडि फर्कन लागेको हो कि भन्ने आशङ्का बढेको बताउनुभयो ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का नेपाल निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र श्रमिकबीच सहकार्यको आवश्यकता औँल्याउँदै व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको क्षेत्रमा थप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

रोजगार परिषद् नेपालका सभापति ध्रुव रिजाल, नेपाल होटल सङ्घका अध्यक्ष विनायक शाह, नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य प्रमोद लामिछानेलगायतले सरकार, श्रमिक र रोजगारदाताबीचको घनिष्ठ सहकार्यबाट मात्रै असल श्रम सम्बन्ध कायम गर्न सकिने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार