श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नक्कली पाइलट बनि महिलाहरुको सुन लुट्ने एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल एयरलाइन्सको पाइलट हुँ भनि प्रलोभनमा पारी महिलाहरुको साथमा रहेको सुनको गर गहनाहरु लुटपाट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिगत १ बर्ष अगाडी देखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई उनले गर गहनाहरु लुटपाट गर्ने गरेका थिए ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, नामटार- २ घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ बस्ने बर्ष २३ को रोहिन जंग शाह भन्ने रबिन सुनुवारलाई मंगलबार उसकै डेराकोठावाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र २ थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसरले जनाकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार