असोज १५, २०८३ बिहिबार October 1, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा ललितपुरबाट पक्राउ

शर्मा पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नयाँ चरणमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा लामो समयदेखि फरार रहेका सन्देश शर्मा अखेर पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार ललितपुर महानगरपालिका–१७, बख्खुडोलबाट पक्राउ गरेको हो।

दाङ तुलसीपुर–१६ स्थायी ठेगाना भएका शर्मा सो प्रकरणका अभियुक्तहरूमध्ये एक हुन्। प्रहरीका अनुसार उनी लामो समयदेखि फरार रहँदै आएका थिए र देशभित्रै लुकेर बसिरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, पक्राउ परेका शर्मामाथि आवश्यक अनुसन्धान थालिएको छ। अधिकारीले भने, “सन्देश शर्मा लामो समयदेखि फरार सूचीमा परेका थिए। उनलाई आइतबार बिहान विशेष सूचनाको आधारमा ललितपुरबाट नियन्त्रणमा लिइएको हो।”

सन्देश शर्मा विरुद्ध काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत मानव बेचबिखन तथा ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। प्रहरीका अनुसार, उनले अमेरिकी पुनर्वास कार्यक्रमका नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा पठाउने उद्देश्यले ठगी गरेको अभियोग छ।

यसअघि सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वसदस्यसचिव टोपबहादुर रायमाझीसहित ३० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। शर्मा भने ती सबै पक्राउ अभियुक्तहरूमध्ये फरार सूचीमा रहेका मुख्य पात्रमध्ये एक थिए।

प्रहरीले शर्मा पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नयाँ चरणमा प्रवेश गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार