श्रावण १०, २०८३ आइतबार July 26, 2026

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

आगामी पुस ४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा निर्देशक घिमिरेको कथा, गणेश कार्की तथा विशाल घिमिरेको पटकथा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ मङ्सिर । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ ।

आज ललितपुरस्थित एक चलचित्र भवनमा चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताए । उनले भने, “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार पारेर चलचित्र तयार गरेका थियौँ । पछिल्लो समय देशको घटनाक्रमसँग मिल्दो देखिएको छ । सायद, यो देशप्रति नागरिकको सोच मिलेको हुनसक्छ । हामीले देशमा परिवर्तन हुनु अगाडि नै चलचित्रको लगभग छायाङ्कन सकाएका थियौँ ।”

उनले भ्रष्टाचार र बेथिति विरुद्धको आवाजलाई चलचित्रकर्मीले आफ्नो कलाकारितामार्फत बुलन्द बनाउनुपर्नेमा जोड दिए । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताए । “मैले चलचित्रमा काम गर्नुको कारण नै यसको विषयवस्तु हो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने लागेर काम गरेका छौँ । यसको कथा र पात्रसँग दर्शक सहजै जोडिनुहुन्छ”, उनले भने ।

आगामी पुस ४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा निर्देशक घिमिरेको कथा, गणेश कार्की तथा विशाल घिमिरेको पटकथा, बुद्ध थापाको छायाङ्कन रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार