श्रावण ९, २०८३ शनिबार July 25, 2026

‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि

महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- १३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू भएकाे छ। ‘बाल अधिकार’ भन्ने नाराका साथ महोत्सव काठमाडौँमा सुरु भएको हो

महोत्सव यही  २९ मंसिरसम्म चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए।

‘हामीले २६ देशका ५० फिल्म प्रदर्शन गर्दैछौँ। महोत्सवमा छानिएका धेरैजसो फिल्मले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सव सहभागिता जनाइसकेको छ’, उनले भने। उनले महोत्सवमा देखाइने फिल्मले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्‍याउने बताए।

‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लीली’, बजिका भाषामा बनेको पहिलो ‘फिचर’ फिल्म ‘आजुर’ लगायतका फिल्म महोत्सवको आकर्षण रहेको महोत्सव निर्देशक खत्रीले बताए।

महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा समूहगत छलफल, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार