श्रावण १४, २०८३ बिहिबार July 30, 2026

‘नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण’ : उपराष्ट्रपति

नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस्तो अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानमार्फत देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्याएको योगदान प्रशंसायोग्य रहेको बताउनुभयो । यसले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा पनि टेवा पुगेको उहाँको भनाइ थियो ।

उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस्तो अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिनुभयो । पर्याप्त ऊर्जाविना मुलुकको विकास सम्भव नहुने भन्दै उहाँले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायत क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत पुग्ने बताउनुभयो । नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बङ्गलादेश लगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई ‘लोडसेडिङ’मुक्त बनाउँदै विद्युत् निर्यात गर्ने अवस्थामा पुर्याएको बताउनुभयो । उहाँले हाल नेपालको कुल विद्युत् उत्पादन करिब चार हजार मेगावाट पुगेको र यसमध्ये तीन हजार ३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदानबाट सम्भव भएको उल्लेख गर्नुभयो ।

मन्त्री सिन्हाले पाँचदेखि १० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा हाल एक सय मेगावाटभन्दा ठूला आयोजनासम्म लगानी गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत् आयोजनाले अनुमति लिएर काम अघि बढाइसकिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार