श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फोटो शेयरिङका लागि फेसबुकभन्दा आईक्लाउड सुरक्षित (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईंले आफ्नो स्मार्टफोनमा धेरै फोटो खिच्नु भएको होला । पक्कै पनि ती तस्वीर साथीभाइ तथा परिवारहरुसँग शेयर गर्न चाहनुहुन्छ ।

धेरै मानिसले आफ्नो फोटो शेयर गर्न फेसबुक र इन्स्टाग्रामको प्रयोग गर्ने गर्छन् । तर याे वर्ष धेरैपटक डेटा स्क्यान्डलमा फसिरहेका छन् । याे वर्षकाे सुरूमा आएको क्याम्ब्रिज एनालाइटिका र २०१८ अक्टोबरमा भएको ह्याकले ३ करोड मानिसलाई असर पारेपछि मानिसहरु आफ्नो गोपनीयतालाई लिएर त्रसित छन् ।

आफ्नो फोटोलाई संवेदनशील व्यक्तिगत डेटा मान्नेहरु त अझ यस्ता साइटमा फोटो अपलोड गर्न पनि डराउँछन् । फाेटाे शेयरिङका अन्य माध्यम पनि छन् । यो लेखमा हामीले आईक्लाउडबाट फोटो शेयर गर्दा हुने सुरक्षाका बारे जानकारी लेख्दै छौं ।

तपाईंसँग आईफोन छ भने धेरै हदसम्म सुरक्षाकाे जाेखिमबाट मुक्त हुन सक्नुहुन्छ । फेसबुक इन्स्टाग्रामको सट्टा तपाईंले एप्पलकाे आईक्लाउडबाट आफ्नो साथीभाइ तथा परिवारहरुसँग फोटो शेयर गर्नसक्नुहुन्छ ।

एप्पल डिभाइसको लागि मात्र काम गर्ने ब्युल्ट इन क्लाउडले वेबमा भने एप्पल बाहेकका डिभाइसका लागि पनि काम गर्दछ । आईक्लाउड प्रयोग गर्नुको सबैभन्दा ठूलो फाइदा भनेको यो सुरक्षित र गोप्य छ । प्रयोगकर्ताले आफ्नो फोटो क-कसलाई देखाउने हो, ती व्यक्तिहरु चयन गर्न सक्छन् ।

साथै एप्पलले प्रयोगकर्ताकाे फोटो प्रयोग गर्ने, थप जानकारीका लागि स्क्यान गर्ने तथा एडहरुको निशाना बनाउने जस्ता काम गर्दैन । सुरक्षा र गोपनीयताप्रति समर्पित एप्पलको याे वेब पेज हेर्नुहाेस् ।

यसबाट पनि प्रयोगकर्ताहरुले एप्पलबाट आफ्नो डेटाको सुनश्चिततालाई बुझ्न सक्छन् । एप्पलले तपाईंकाे फोटो तथा व्यक्तिगत विवरण कुनै थर्ड पार्टीलाई बिक्री गर्दैन । साथै यसले कुनै लग ईन तथा ट्रान्जेक्सन डेटा पनि पूर्णरुपमा इन्क्रिप्ट गर्दछ ।

फेसबुकमा तपाईंको फोटो अनावश्यक व्यक्तिले पनि देखिरहेका हुन्छन् भने आईक्लाउडमा तपाईंले व्यक्ति चयन गर्न सक्नुहुन्छ, जसले तपाईंको फोटोलाई सम्मान गर्दछन् ।

तपाईंको फोटो पोस्ट हेर्ने व्यक्तिसँग एप्पल डिभाइस छैन भने पनि उनीहरु एप्पल आईडी मार्फत आइक्लाउड डटकम भिजिट गरी फोटो हेर्न तथा कमेन्ट गर्न सक्छन् ।

आईक्लाउडबाट फोटो एल्बम कसरी शेयर गर्ने ?

कुनै पनि एप्पल डिभाइसलाई लिनुहोस् र त्यसलाई आईक्लाउड र तपाईंको एप्पल आईडीसँग कनेक्ट गर्नुहोस् । अब आफ्नो फोटोज एप खोल्नुहोस् । त्यसबाट केही फोटो चयन गर्नुहोस् र दायाँमा रहेको शेयर बटन क्लिक गर्नुहोस् ।

तपाईंले सबैभन्दा पहिले देख्ने अप्सनमा एप्पल फोटो एपको आइकन हुन्छ । तर यसलाई ‘शेयर एल्बम’ भनिन्छ । अब आफूले सेलेक्ट गरेका फोटोहरुलाई शेयर गर्न क्लिक गर्नुहोस् ।

तपाईंले यी फोटोहरुको नयाँ एल्बम पनि बनाउन सक्नुहुन्छ । वा आफूले अगाडि नै बनाएको एल्बमलाई पनि सेलेक्ट गर्नसक्नुहुन्छ । तपाईंले कमेन्ट पनि एड वा पोस्ट मात्र पनि क्लिक गर्न सक्नुहुन्छ । यसरी तपाईंले आईक्लाउडमा फोटो शेयर गर्न सक्नुहुन्छ ।

आईक्लाउडको सबैभन्दा राम्रो कुरा भनेको तपाईंले यसमा आफ्नो फोटो देखाउन चाहेको मानिसहरुलाई आफैं चयन गर्न सक्नुहुन्छ भने तपाईंको एल्मबमा समेत अरुले फोटो योगदान गर्न सक्छन् ।

यसका लागि आफ्नो शेयर एल्मबमा जानुहोस् । त्यहाँ तपाईंले दुई अप्सन सहित टोगल बटन देख्नु हुनेछ । जसमा एउटामा पिपल र अर्कोमा फोटो लेखिएको हुन्छ । पिपल क्लिक गरेको खण्डमा तपाईंले इन्भाइट गर्न चााहेको मानिसहरुको सूची त्यहाँ देखिनेछ । यसका लागि तपाईंलाई उनीहरुको ईमेल एड्रेस र फोन नम्बर चाहिन्छ ।

यसबाहेक तपाईंले अरुलाई आफ्नो एल्बममा फोटो तथा भिडियो पोस्ट गर्ने अधिकार पनि दिन सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार