काठमाडौं । रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले सोमबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन महाराजगञ्ज मा आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच ती राजदूतहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरेका हुन् ।
शिष्टाचार अनुरूप आयोजित कार्यक्रममा राष्ट्रपतिले राजदूतहरूलाई स्वागत गर्दै नेपाल र सम्बन्धित देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आपसी सहयोग, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न जोड दिए ।
नवनियुक्त राजदूतहरूले पनि नेपालसँग आफ्नो देशको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पहल गर्ने बताएका छन् । उक्त अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू समेत उपस्थित रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया