असोज २४, २०८३ शनिबार October 10, 2026

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐनकुमार साई र केदारप्रसाद पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लेखनाथ, वैशाख ३० गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनले पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । वैशाख २७ गते पोखरामा सुरु भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व चुनेर सकिएको हो ।

अध्यक्षमा सिटौलाले एक हजार ३० मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी हरिशरण केसी चार सय ६४ मतमा सिमित बन्नुभयो । तीन वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐनकुमार साई र केदारप्रसाद पौडेल चुनिुनुभयो । प्रजापतिले सर्वाधिक आठ सय २६ मत, साईले सात सय ४९ मत र केदारप्रसाद पौडेलले पाँच सय ७९ मत पाउनुभयो ।

वरिष्ठ उपाध्यक्षमा छ जना मैदानमा हुनुहुन्थ्यो । संस्थाको महासचिवमा डेकनाथ गौतम (६९८) मतसहित चुनिनु भयो । कोषाध्यक्षमा राजेन्द्र आचार्य (७१६ मत) निर्वाचित हुँदा सात उपाध्यक्षमा चन्द्र ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी चुनिनुभएको छ ।

उपाध्यक्षमा १३ जनाको उम्मेदवारी परेको थियो । यस्तै उपमहासचिवत्रयमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम थापा, सचिवत्रयमा उमेश केसी, चेतप्रसाद गौतम र टेकप्रसाद बस्याल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाखर पौडेल चुनिनुभएको ।

महासङ्घको ८६ पदका लागि एक हजार छ सय ६३ प्रतिनिधिले मतदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अहिलेको अवस्थामा यातायात व्यवसायीका समस्या सुल्झाउन लाग्ने वाचा गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनमत पार्टीद्वारा पाँच विशेष समिति गठन, पदाधिकारी पनि चयन
२०८३ असोज २४, शनिबार
यी हुन् एमाले स्थायी कमिटी बैठकले गरेका निर्णयहरु
२०८३ असोज २४, शनिबार
एमालेको केन्द्रीय कमिटी विस्तार, १३ नेता थपिए (सूची हेर्नुहोस्)
२०८३ असोज २४, शनिबार
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार