असोज २४, २०८३ शनिबार October 10, 2026

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिद्धार्थनगर, १ जेठः लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले रासससँगको कुराकानीमा पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभयो ।

डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना उहाँले भएको बताउनुभयो । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका गुनासो उहाँले गर्नुभयो ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभयो । समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएका उहाँको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएको भन्दै उहाँले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनमत पार्टीद्वारा पाँच विशेष समिति गठन, पदाधिकारी पनि चयन
२०८३ असोज २४, शनिबार
यी हुन् एमाले स्थायी कमिटी बैठकले गरेका निर्णयहरु
२०८३ असोज २४, शनिबार
एमालेको केन्द्रीय कमिटी विस्तार, १३ नेता थपिए (सूची हेर्नुहोस्)
२०८३ असोज २४, शनिबार
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार