खोटाङ, १२ जेठ : नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित हुनुभएको छ । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिनुभएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन हुनुभएको छ । साथै उपाध्यक्ष महिलामा सीता रानामगर, खुलातर्फ कविराज मगर र तेजबहादुर आलेमगर, उपाध्यक्ष सांस्कृतिकतर्फ दीपसागर मगर, उपाध्यक्ष मगर ढुटमा हर्क आलेमगर, मगर खाममा जीवन प्रवेश रोकाय मगर र मगर काइकेमा भीम मगर निर्वाचित हुनुभएको छ ।
महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित हुनुभएको छ । सचिवमा विष्णुबहादुर रानामगर, सचिव झविन्द्र पुनमगर र तारामाया थापा मगर निर्वाचित हुनुभएको जनाइएको छ ।
साथै कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर, लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिनुभएको छ ।
साथै सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहा मगर, रमेश पुनमगर, इन्द्र सारू मगर, रमेश थापामगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित हुनुभएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया