जेठ १२, २०८३ मंगलबार May 26, 2026

प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ । प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका साहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो । आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । दिवसको दिन जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गरेको छ । समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर, यसपालि भने साहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो । ‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार भएको छ’, स्रोतले भन्यो ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषद्को सिफारिश र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्थासमेत छ । सोही व्यवस्थाअनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने हुनुभएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहन्छ ।

नेपाल २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो । त्यसयता बर्सेनि जेठ १५ मा गणतन्त्र दिवसमा टुँडिखेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेका थिए । २०८२ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री भएदेखि नै मौन !

प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छैन । यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गर्नुभएको थियो । यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।

विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गरेपछि सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्रीलाई भेटेर प्रश्नोत्तरमा सहभागी हुने मिति माग्नुभएको थियो । तर, सभामुखलाई प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद्मा उपस्थित भएर जवाफ दिने’ बताएर फर्काइदिनु भएको थियो । त्यसपछि विपक्षीको अवरोधबीच ‘वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित गरिएको थियो । निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन । प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा प्रधानमन्त्री बालेन कतै पनि औपचारिक रूपमा बोल्नुभएको छैन । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
२०८३ जेठ १२, मंगलबार
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
२०८३ जेठ १२, मंगलबार
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पुनः डा. श्रीकृष्ण गिरी
२०८३ जेठ १२, मंगलबार
६ करोड मूल्य बराबरको भेपसहित एक जना खिचापोखरीबाट पक्राउ
२०८३ जेठ १२, मंगलबार
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
२०८३ जेठ १२, मंगलबार
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन शुरु
२०८३ जेठ १२, मंगलबार
भेडा बिक्री गरेर मौरीपालन
२०८३ जेठ १२, मंगलबार