श्रावण १९, २०८३ मंगलबार August 4, 2026

हर्क साम्पाङ्द्धारा स्थानीय चुनावभन्दा एक वर्षअघि नै मेयर उम्मेदवार घोषणा

मेयरका अर्का आकांक्षी निना चन्द्रलाई प्रदेशको मन्त्री बनाउने आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय चुनावभन्दा एक वर्षअघि नै धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई उम्मेदवार बनाउने बताएका हुन् ।

धरान उपमेयरको मेयरमा यसअघि स्वतन्त्र उठेर जितेका साम्पाङले आफ्नो लिगेसीलाई निरन्तरता दिन चाहेका छन् ।

उनले लेखेका छन्, ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !’

धनबहादुर एमाले छोडेर श्रम संस्कृति पार्टीमा आएका हुन् । धरानको ४ नम्बर वडामा एमालेबाट वडाध्यक्ष जितेका उनी साम्पाङसँग नजिकिएका थिए । उनी मेयर साम्पाङले चलाएको श्रमदानमा सहभागी भएपछि पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको थियो ।

साम्पाङले मेयरका अर्का आकांक्षी निना चन्द्रलाई प्रदेशको मन्त्री बनाइदिने आश्वासन दिएका छन् ।

‘आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो,’ उनले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया