श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पूर्व सभामुख महरालाई एक लाख धरौटीमा छाड्न आदेश

महराले तोकिएको धरौटी वा बैंक जमानत बुझाउन नसकेमा उनलाई थुनुवा पूर्जी दिई कारागार चलान गर्नु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विशेष अदालतले भेप (इलेक्ट्रोनिक चुरोट)मार्फत भएको सुन तस्करी र भन्सार छली प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले नेकपाका नेता महरालाई धरौटी छाड्न आदेश दिएको हो। एक लाख बराबरको बैंक जमानत बुझाए तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दियो।

८ हजार ४६० दशमलव ५१ ग्राम सुनको भन्सार छली गरी ७ करोड ७८ लाख रुपैयाँ बराबरको सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा महरासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त प्रकरणमा महरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र १७ बमोजिम कैद र बिगो बराबरको जरिवाना मागदाबी गरिएको थियो। अदालतमा बयान दिने क्रममा महराले सुन तस्करी र भेपका बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै कसुर इन्कार गरेका थिए।

तर, प्रतिवादी महरा र चिनियाँ नागरिक दाओजिन वाङ तथा अरुण पोखरेलबीच भएको फोन संवाद एवं अन्य प्रमाणहरूलाई मध्यनजर गर्दा हाललाई थुनामै राखिरहनु नपर्ने देखिएकाले धरौटीमा छोड्न आदेश दियो। यदि आदेशअनुसार महराले तोकिएको धरौटी वा बैंक जमानत बुझाउन नसकेमा उनलाई थुनुवा पूर्जी दिई कारागार चलान गर्न भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार