श्रावण १९, २०८३ मंगलबार August 4, 2026

निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी

बैठकमा पार्टीको विगतको गतिविधिको समीक्षा, वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा आगामी रणनीतिबारे विस्तृत छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ। हिजोबाट सुरु भएको बैठक आज पनि निरन्तर चलिरहेको पार्टी अध्यक्ष राजेन्द्र महतोले जानकारी दिएका छन्।

बैठकमा पार्टीको विगतको गतिविधिको समीक्षा, वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा आगामी रणनीतिबारे विस्तृत छलफल भइरहेको बताइएको छ। पार्टी संगठनलाई सुदृढ बनाउने, जनाधार विस्तार गर्ने र भावी राजनीतिक दिशा तय गर्ने विषयलाई बैठकले प्राथमिकता दिएको अध्यक्ष महतोले उल्लेख गरे।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि मधेश केन्द्रित दलहरूको राजनीतिक स्थिति कमजोर देखिएपछि ती दलहरूबीच एकता र सहकार्यको चर्चा पुनः चुलिएको छ। सोही सन्दर्भमा राष्ट्रिय मुक्ति पार्टीभित्र पनि अन्य मधेश केन्द्रित शक्तिसँग सम्भावित एकता तथा नेतृत्व व्यवस्थापनबारे छलफल भइरहेको जनाइएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा संगठन पुनर्संरचना, नेतृत्व हस्तान्तरणको सम्भावना, तथा भविष्यमा अपनाइने राजनीतिक रणनीतिबारे समेत विचार–विमर्श भइरहेको छ। यद्यपि यसबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार