श्रावण १९, २०८३ मंगलबार August 4, 2026

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी

राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास,सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे ।

“रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन”, महामन्त्री बुर्लाकोटीले भने, “सबै मिलेर काम गर्‍यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।” उनले गोरखकाली रवर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक-पटक छलफल गरेको बताए ।

“गोरखकाली रवर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ”, उनले भने, “सरकारले चलाए पनि, सरकार र निजी क्षेत्र मिलेर चलाए पनि, उद्योग चल्नुपर्छ, सबै गाडीमा गोरखकाली रवर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ ।”

त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आगामी आर्थिक वर्षका लागि केही बजेट विनियोजन भएको र आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण गठन गरेर ठोस निर्णय गरी निर्माण अघि बढाउने महामन्त्री बुर्लाकोटीले बताए। राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको उनको भनाइ छ ।

महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विकास, निर्माण र आर्थिक सम्बृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार