श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देवदह (रुपन्देही), २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।

आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित हुनुभएको हो । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी हुनुभएको छ । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गर्नुभयो । सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गर्नुभयो ।

सहसचिवमा बाबुराम अर्याल दुई सय ७९ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी प्रेमनारायण तिवारीले एक सय ४८ मत प्राप्त गर्नुभयो ।

कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेन नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेन नं ३ मा छविलाल शर्मा, क्षेन नं ४ मा विश्वनाथ शर्मा र क्षेन नं ५ मा शेषकान्त गैरे (समिर) विजयी हुनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार