श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा लमजुङमा सभापति चयन विवादित, केन्द्रीय आयोगमा उजुरी

सभापति निर्वाचनमा विधान उल्लंघन भएको दाबी, पुनः मतदानको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ जिल्ला अधिवेशनमा भएको सभापति पदको निर्वाचन विवादमा परेको छ। सभापति पदका उम्मेदवारहरू हरिबहादुर धिताल, विजय रञ्जन पौडेल र नवराज पहाडीले निर्वाचन प्रक्रिया विधानविपरीत भएको दाबी गर्दै केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन्। उनीहरूले सभापतिमा निर्वाचित घोषित अशोक सापकोटाको पद खारेज गरी पुनः निर्वाचन गराउन माग गरेका छन्।

उजुरीकर्ताहरूका अनुसार जेठ २४ गते सम्पन्न जिल्ला अधिवेशनमा सभापति पदका लागि पाँच जनाको उम्मेदवारी कायम रहेको थियो। पार्टी विधान २०७९ (तेस्रो संशोधनसहित) को धारा ३३ उपधारा १ (ख) अनुसार विजयी हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने वा शीर्ष दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनुपर्ने व्यवस्था रहेकोमा त्यसको पालना नभएको आरोप लगाइएको छ।

उनीहरूको दाबीअनुसार कुल १७४ सदर मतमध्ये ६९ मत अर्थात् ३९.६ प्रतिशत मत मात्र प्राप्त गरेका अशोक सापकोटालाई निर्वाचन समिति प्रमुख कृष्णकुमारी अधिकारी (अनिशा) ले विधानविपरीत जिल्ला सभापति घोषणा गरेकी हुन्। साथै, जेठ २५ गते पुनः निर्वाचन हुने जानकारी दिइए पनि अन्य उम्मेदवारको सहमति नलिई सापकोटालाई सभापति घोषणा गरी शपथसमेत खुवाइएको भन्दै उनीहरूले उक्त निर्णय बदर गरी पुनः निर्वाचन गराउन माग गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार