श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य

देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देउखुरी (दाङ), १ असार : राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उहाँले देश र जनहितमा रास्वपाकातर्फबाट भएका गतिविधि जनतालाई सुसूचित गराउन पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भर्खरै राजनीतिमा आएकाले हामी सिक्दै छौँ, हामीले गरेका कामको निगरानी होस्, असल कामका लागि मार्ग निर्देशन दिनुस् ।”

मुलुकको भौगोलिक अवस्थालाई विचार गरी आगामी आर्थिक वर्षका लागि सन्तुलित रुपमा बजेट विनियोजन भएको बताउँदै सहमहामन्त्री आचार्यले स्थानीय टरिगाउँ एयरपोर्ट र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिको काम भइरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार