असार २, २०८३ मंगलबार June 16, 2026

राणा-प्रसाईंको संयुक्त अभियान : प्रस्तावित राष्ट्रवादी पार्टीका ३१ विभाग गठन

राष्ट्रवादी पार्टी घोषणा तयारीमा राणा–प्रसाईं, संगठन विस्तारको सुरुआत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको तयारीलाई तीव्रता दिएका छन्। सोही तयारीअन्तर्गत उनीहरूले विभिन्न ३१ वटा विभाग तथा समितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरेका छन्।

काठमाडौंमा आयोजित ‘प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम’ मा राणा र प्रसाईंले संयुक्त रूपमा विभागीय संयोजक तथा जिम्मेवार व्यक्तिहरूलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता समिति, विधान मस्यौदा समिति, आर्थिक समिति, सञ्चार समिति, कानुनी परामर्श समिति, सचिवालय समिति, महिला संयोजन समिति, युवा विभाग, अन्तर्राष्ट्रिय सम्पर्क समिति, सांस्कृतिक विभाग, जनपरिचालन समिति लगायतका विभिन्न विभाग तथा समितिहरू गठन गरिएको जानकारी दिइएको छ।

नवगठित संरचनामा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायतका व्यक्तित्वहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ।

गत जेठ २१ गते राप्रपाका महामन्त्री धवलशमशेर राणासहित केही नेताहरूले पार्टी परित्याग गरेका थिए। त्यसपछि राणा समूह र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानबीच राजनीतिक सहकार्यको प्रक्रिया अगाडि बढेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राणाले राप्रपा नेतृत्वले कार्यकर्तामाथि अनावश्यक कारबाही र विभेदपूर्ण व्यवहार गरेको आरोप लगाए। उनले वर्तमान राजनीतिक दलहरू जनअपेक्षा अनुरूप चल्न नसकेको दाबी गर्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता औंल्याए।

राणाले काठमाडौं महानगरपालिकाको नेतृत्व तथा समग्र राजनीतिक व्यवस्थाको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै जनतामा निराशा बढिरहेको टिप्पणी गरे।

नयाँ राजनीतिक दलको नाम, वैचारिक आधार, संगठनात्मक स्वरूप तथा भावी राजनीतिक कार्यदिशाबारे भने नेतृत्वले चाँडै औपचारिक घोषणा गर्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार