असार ४, २०८३ बिहिबार June 18, 2026

आजको मौसम : तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने

आजै राति देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

राति देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा र हिमपात तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असार ४, बिहिबार
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार