श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन, ३ असारः यहाँस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् ।
सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् ।
आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम  महाधिवेशन हुनगइरहेको छ । सो महाधिवेशन आउने अतिथिहरुका सम्मानमा कुनैपनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् ।
होटल व्यवसायि सङ्घ चितवनका  अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि    आवासमा २५ प्रतिशत,  खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई  छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाए नपाएको  अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको छ,  क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घमा ९०  होटल रहेका छन् । ती होटलको क्षमता १० हजार जना अट्ने क्षमता रहेको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरु भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताउनुभयो ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार