असार ४, २०८३ बिहिबार June 18, 2026

रास्वपा सचिवालय बैठक पार्टी मुख्यालय वनस्थलीमा शुरु

निर्वाचन प्रक्रिया, प्रतिनिधि व्यवस्थापन, उम्मेदवारी दर्ता तथा मतदान प्रणालीबारे छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा आगामी प्रथम महाधिवेशनको तयारी, विधान संशोधन, निर्वाचन कार्यविधि तथा संगठनात्मक विषयमा विस्तृत छलफल भइरहेको छ।

पार्टी महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र सफल बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयन, संगठन सुदृढीकरण तथा नीतिगत दस्तावेज पारित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा प्रदेश अधिवेशनहरूको समीक्षा गर्दै विभिन्न प्रदेशबाट प्राप्त सुझाव र अनुभवबारे समेत छलफल भइरहेको जनाइएको छ। त्यस्तै, महाधिवेशनमा अपनाइने निर्वाचन प्रक्रिया, प्रतिनिधि व्यवस्थापन, उम्मेदवारी दर्ता तथा मतदान प्रणालीसम्बन्धी विषयमा पनि सचिवालय सदस्यहरूबीच विचार-विमर्श भइरहेको छ।

यसैगरी, पार्टी विधान संशोधन मस्यौदामाथि छलफल गरी समयानुकूल र संगठनको आवश्यकताअनुसार सुधारका प्रस्तावहरूलाई अन्तिम रूप दिने तयारी गरिएको छ। पार्टी समायोजनसम्बन्धी प्रगति, नयाँ सदस्यहरूको व्यवस्थापन तथा संगठन विस्तारका विषय पनि बैठकको एजेन्डामा समावेश छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
२०८३ असार ४, बिहिबार