असार ५, २०८३ शुक्रबार June 19, 2026

काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी

डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले सामूहिकरूपमा पार्टी परित्याग गरेका छन् । पार्टीके निति र विचारमा विचलन आएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको बताएका छन् ।

उनले भनेका छन्, ‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ ।’

यसअघि सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको वैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो । यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी छ । राजीनामा दिनेमा राप्रपाको काठमाडौ महानगर अध्यक्ष केदारबहादुर धमला पनि छन् ।

राप्रपा काठमाडौं जिल्लाका विभिन्न तहमा कार्यरत साथीहरू आजकै मितिदेखि पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय गरेका छन्। वैचारिक प्रतिबद्धता: पार्टी छाडे पनि आफ्नो मूल विचार र सिद्धान्तबाट भने विचलित नहुने उनीहरूले स्पष्ट पारेका छन् ।

नामावली सार्वजनिक गरिने: राप्रपाबाट अलग हुने नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः प्रकाशित गरिने ढकालले जानकारी दिनुभएको छ। राप्रपा काठमाडौंको यो सामूहिक राजीनामा सँगै देशैभरका पार्टीका जिल्ला अध्यक्षहरू लगायतका साथीहरूमा समेत उच्च आदर र सम्मान व्यक्त गरिएको छ।

राप्रपाको राजधानी संगठनमा देखिएको यो सामूहिक राजीनामालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार